राप्तीका प्रिन्सिपल गिरी पोखरा विश्वविद्यालय सभा सदस्यमा मनोनित

६ असार, घोराही

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित भएका छन् । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई सभाको सदस्यमा मनोनयन गरेका हुन् ।वि.सं. २०३५ साल मङ्सिर २३ गते प्युठान जिल्लाको झिमरुक गाउँपालिका–६ मा जन्मिएका गिरी शिक्षा क्षेत्रको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आएका छन् । उनी २०७२ सालदेखि लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था राप्ती इन्जिनियरिङ कलेज, घोराही–१६ का प्रिन्सिपलका रूपमा कार्यरत छन् ।

शिक्षा तर्फ आईटिमा मास्टर्स गरेका गिरी हाल पीएचडी स्कलर समेत हुन् । शिक्षासँगै उनी नेपाल क्षयरोग केन्द्र, राप्ती साहित्य परिषद्, सर्वोदय पुस्तकालय जस्ता विविध सामाजिक संस्थासँग सक्रिय रूपमा आबद्ध रहँदै आएका छन् । यस्तै, लायन्स क्लब इन्टरनेसनल ३२५ एनका डिस्ट्रिक्ट एडभाइजर र क्यान महासंघ दाङ शाखाको अध्यक्ष हुदै पुर्व केन्द्रिय उपाध्यक्ष पदमा रही सफलता पुर्वक सूचना संचार तथा प्रविधिको क्षेत्रमा कार्य गर्दै आएका छन्।

यस्तै, घोराही–१६ सर्रामा अवस्थित राप्ती मोडर्न एकेडेमीका प्रबन्ध सञ्चालकका रूपमा समेत उहाँको सक्रियता देखिन्छ । पोखरा विश्वविद्यालयसँग प्रत्यक्ष तथा परोक्ष रुपमा लामो समयदेखि जोडिनु भएका गिरीले अब विश्वविद्यालयकै निर्णय तहमा रहेर युग सान्दर्भिक शिक्षा प्रणाली विकासमा योगदान दिने विश्वास गरिएको छ । उनको अनुभव, ज्ञान र दूरदृष्टिले नेपाली उच्च शिक्षा प्रणालीलाई थप प्रभावकारी र गुणवत्तायुक्त बनाउने विश्वास गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation