प्युठानमा ६ महिनादेखि हराएका व्यक्ति मृत फेला

७ असार, प्युठान

प्युठानमा ६ महिनादेखि सम्पर्क बिहिन रहेका एक व्यक्ती मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–८ निवासी मिट्ठु रुचालका जेठा छोरा प्रेम रुचालको शव ६ महिना पछि हिजो फेला परेको थियो। अहिले रुचालको शव जिल्ला अस्पताल प्युुठानमा रहेको सबघरमा राखिएको छ।

रुचाल २०८१ साल पौष १५ गतेदेखि बेपत्ता भएका थिए। बेपत्ताको लामो समयपछि, हिजो मात्र उनी मृत अवस्थामा फेला परेका हुन्। उनको शव प्युठान नगरपालिका–६ स्थित लम्छ्याङ्गको खर्क धनचौर सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation