आज नेपाल र जापान भिड्दै !

नेपालले मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा आज जापानसँग खेल्दैछ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ। खेल कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो।

विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ।

सिंगापुरविरुद्ध विपिनले चार विकेट लिँदा प्रसिद्धले अविजित ५५ रन बनाएका थिए।

यता चार्ली हाराहिन्जेको कप्तानीमा रहेको जापान पनि लगातार दोस्रो जितको लक्ष्यमा छ। जापानले पहिलो खेलमा भुटानविरुद्ध २१५ रनको सानदार जित दर्ता गरेको थियो।

जापानलाई काइसी काबायाशीडोगेट, मोन्टी हाराहिन्जे, इशान लालजस्ता खेलाडीका साथ मैदान उत्रिने छ।

भुटानविरुद्ध काइसीले शतक प्रहार गरेका थिए। यसैगरी चार्लीले ४२ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation