प्यूठान जिल्लाकाे साहित्यीक उन्नयनमा आजीवन लाग्ने विजयराजकाे प्रतिबद्धता

१५ असार, प्युठान 

बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल बाल साहित्य समाजको सम्मेलनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भएको सुखद अवसरमामा साहित्य परिषद प्युठानले दाेसल्ला ओढाएर सम्मान प्रदान गरेकाे छ ।
“डल्ले सराय” कथा सङ्ग्रहको समिक्षा साहित्यकार माधव पोख्रेलले गरे । उनले विजयराजकाे साे कृतिले तत्कालीन बाइसे चाैबिसे राज्यकालबाट सुरु भएको सराय नाचले प्यूठानको ऐतिहासिक साँस्कृतिक महत्त्व बाेकेकाे हुनाले कृति निकै महत्त्वपूर्ण र संग्रहनीय भएको बताए । उक्त कार्यक्रममा डल्ले सराय आधारित इमिनेट लघु चलचित्रको प्रियम सो प्रमुख अतिथिबाट गरिएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख विष्णु याेगीले आफू साहित्यकार नभएपनि जिल्लाकाे साहित्यीक विकासमा हरप्रकारकाे सहयोग गर्न हरदम तत्पर रहेकाे बताए । उनले विजयराजकाे साे कृतिले प्युठानकाे ऐतिहासिक विषयकाे उजागर गरेकाेले लेखकलाई बधाई ज्ञापन गर्दै ऐतिहासिक तथ्यहरुकाे थप उत्खननमा सबै स्रष्टाहरुकाे ध्यान जान जरुरी रहेकाे बताए ।
कार्यक्रममा गेहराज शर्मा, गेहराज थापा, शन्देश आचार्य, सन्जय रिजाल, ईन्द्रमणि पोख्रेल, देवेन्द्र रिजाल, शान्ता आचार्य, वसन्त पुन, डा. भोजबिक्रम बुढा लगाएतका वक्ताहरुले मन्तव्य राख्दै उनकाे कृतिमाथि थप विवेचना गरेका थिए ।

बालसाहित्यकार विजयराज आचार्यले प्रगतिको लागि जन्म ठाउँ छोडे पनि आफ्नो जन्म ठाउँलाई चटक्कै भुल्न नहुने कुरा व्यक्त गर्दै जिल्लालाई साहित्यकाे फाँटमा चम्काउन आफू आजीवन लागिरहने प्रतिवद्वता व्यक्त गरे । उनले जन्मदिने आमा र आफ्नो जन्मभूमि सबैभन्दा ठुलाे भएको बताउँदै आगामी दिनमा आफुले जन्मभूमिको अझ धेरै सेवा र समय दिने कुरा व्यक्त गरे । उनले बालबालिकालाई जति सिर्जनात्मक र रचनात्मक ढंगले जिम्मेवार र चेतनशील बनाउन सकियाे देशकाे कुसल नेतृत्व पनि साेही ढंगले हुने बताए ।

पुस्तक विमाेचन तथा सम्मान कार्यक्रम साहित्य परिषद् प्युठानकाे बिमला खनालको अध्यक्षतामा भएको थियाे भने प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रमको सञ्चालन साहित्य परिषद् प्युठानका सचिव एवम् साहित्यकार सानु गुल्मेलीले गरेकी थिइन् । स्वागत मन्तव्य परिषदका उपाध्यक्ष ध्रुव गिरीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation