घाेराहीमा दुई दिने नाट्य संगाेष्ठी !

२८ असार, दाङ

दाङकाे घाेराहीमा नाट्य सङ्गाेष्ठी सुरु भएको छ । दुई दिनसम्म चल्ने साे कार्यक्रममा नाट्य प्रदर्शनी, कार्यपत्र प्रस्तुति, नाट्य संवाद तथा अग्रज स्रष्टा सम्मान गरिनेछ । पहल नेपालका संस्थापक केएल बुढाथोकीकाे अध्यक्षतामा भएको संगाेष्ठीकाे उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि अग्रज पत्रकार एवम् वरिष्ठ साहित्यकार नारायण शर्मा रहेका थिए ।

शैली थिएटर र पहल नेपालकाे आयाेजनामा भएको साे कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठान र राेल्पाली सेवा समाजले सहकार्य गरेका छन् । अग्रज साहित्यकार एव पत्रकार नारायण प्रसाद शर्माले साे कार्यक्रममा मन्तव्य राख्दै साहित्यीक विधाकाे सुसुप्त जस्तै रहेकाे नाट्य बिधा दाङमा सङगाेष्ठीकाे रुपमा सुरु हुनुले नाट्य क्षेत्रकाे पुनर्जागरण भएको अनुभूति सुनाए ।

कार्यक्रममा विभिन्न विधामा सक्रिय स्रष्टाहरुले मन्त राख्दै कलासाहित्य समाजकाे यथार्थ ऐना भएकाेले यसकाे समग्र विकासमा सबै सक्रिय ढंगले लाग्न जरुरी भएकाे बताउँदै तीनवटै सरकार अझ बढी जिम्मेवारी बन्नुपर्नेमा जाेड दिए ।

स्रष्टा सम्मान अन्तरगत अग्रज साहिसत्यकार नारायण प्रसाद शर्मा, एकराज शर्मा, टिकाराम रेग्मी, उत्तमप्रसाद मजगैया, ऋषिराज जंगली, कमलापति बस्याल, विश्वमाया गाैतम, मिठु श्रेष्ठ “विल्सन”, इन्द्रबहादुर श्रेष्ठ लगायतका साहित्यीक स्रष्टाहरुलाई सम्मान प्रदान गरिएको छ । कार्यक्रममा भाेलि अर्थात् आइतबार टिकाराम उदासीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने सुदीप गाैतम, केवी चाैधरी, दुर्गालाल केसीले उदासीकाे ´दाङमा नाटक लेखन र मञ्चन प्रारम्भिक सर्वेक्षण` शिर्षककाे कार्यपत्रमाथि टिप्पणी राख्नेछन् भने सहजीकरण पत्रकार नरेन्द्र केसीले गर्नेछन् ।ञ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation