मधेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’लाई प्रहरीले पक्राउ गरेको छ।

मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो। आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो।”

पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आजै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए।

झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यति वेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो।

मधेश प्रदेश प्रमुख हुनुअघिसम्म उनी मधेशवाणी साप्ताहिक पत्रिका प्रकाशन गर्थे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation