भानुभक्त माविले स्वर्ण महोत्सव मनाउने !

२४ साउन, प्युठान

पूर्वी प्युठानको मल्लरानी गाउँपालिका-३ बर्बोट प्युठानमा रहेको भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव २०८२ मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी ५० औं वर्ष पुगेको अवसरमा २०८२ लाई अविष्मरणीय स्वर्ण महोत्सवको रुपमा मनाउने जनाएको छ ।

‘मेरो विद्यालय मेरो दायित्व’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै स्वर्ण महोत्सव २०८२ वर्षलाई अविष्मरणीय स्वर्ण महोत्सव वर्षको रुपमा मनाइने विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले मंसिर २९ गतेबाट स्वर्ण महोत्सवका कार्यक्रमहरु सुरु भई २०७८ पुष २ गते स्वर्ण महोत्सव समारोहको सम्पूर्ण कार्यक्रम समापन हुने बताए ।

स्वर्ण महोत्सवको लागि १ सय ५१ सदस्यीय मूल समारोह समिति, २९ सदस्यीय सचिवालय समिति,  ५ वटा विभिन्न उपसमितिहरु निर्माण गरिएको छ ।साथै आवश्यकताअनुसार उपसमिति निर्माण गरिने स्वर्ण महोत्सवमा मूल आयोजक समितिका संयोजक विद्यालय व्यवस्थापन समिति अध्यक्ष जिवलाल खत्रीले बताए। स्वर्णस्तम्भ, झाकी प्रस्तुतिका साथै शैक्षिक जागरण अभियानसम्मका कार्यक्रम गरिने छ ।

प्रअ पौडेलले स्वर्ण महोत्सवमा सहयोगदाताहरुलाई सम्मान ,मरणोपरान्त सम्मान,विद्यार्थी पुनर्मिलन कार्यक्रम,रचना वाचन,स्मारिका विमोचन लगायतका विभिन्न तालिकाबद्ध रुपमा कार्यक्रम सार्वजनिक गरेका थिए ।

विद्यालयको आफ्नै स्कुल बस किन्नेगरी संवरण महोत्सवको तयारी थाल्न लागिएको छ। जसबाट विद्यार्थीहरुमा सहजता र संख्यात्मक रुपमा वृद्धि हुने अग्रज व्यक्तित्व बोम बहादुर खत्रीले बताए।

आफ्नै गाडी किन्ने,शैक्षिक जागरण ल्याउने र अक्षयकोष निर्माण गरी गरिब विपन्न एवम् जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने, प्रविधिमैत्री कक्षा, लगायतका कामहरु गर्ने स्वर्ण महोत्सवको लक्ष्य छ । स्वर्ण महोत्सवको लागि ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवका लागि सहयोगि दाताहरुलाई विभिन्न समिति बनाई सहयोग उठाउन लागिएको छ। ५ हजारभन्दा कम रकम सहयोग गर्ने सहयोग दाताको नाम स्मारिकामा र ५ हजार देखि ९ हजार ९ सय ९९ सम्म सहयोग गर्नेलाई शिलापत्रमा नाम लेखी विद्यालयको भित्तामा टाँस्ने र १० हजार भन्दा माथी सहयोग गर्ने सहयोग दाताको नाम स्वर्ण स्तम्भमा लेखिने प्र अ पौडेलले बताए।

पूर्वी प्युठानको शैक्षिक धरोहरको रुपमा स्थापित आदिकवि भानुभक्त आचार्यको नामबाट गरिएको यस विद्यालयको स्थापना वि सं. २०३२ सालमा भानुभक्त प्राविको नामबाट भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation