चकचके युवा क्लबले घाेषणा गर्‍याे विविध खेलकुद र सांस्कृतिक कार्यक्रम

१९ भदौ, प्युठान

चकचके युवा क्लबले आफ्नो स्थापनाकाे दोस्रो वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ ।
क्लबले बिजयादशमी तथा पुर्णिमा मेलाको अवसर पारेर विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष डम्मर खड्काले बताएका छन् ।

`खेलकुदमा युवाको गतिशीलता, समाज सुधारमा हाम्रो प्रतिवद्धता´ भन्ने मुलनारासहित कार्यक्रमकाे आयाेजना गरिएको हाे ।

हामीलाई प्राप्ति जानकारी अनुसार पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता-२०८२, अन्य खेलहरुमा रसाकसी, सोलो बाईक रेस १०० मिटर, घैटोफोर र छेलो फाल्नेलागाएतका खेलहरु समावेश गरी कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्रम संयाेजक निर्मल केसीले बताए ।

खेलकुदमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरस्कार राशी पुरुषतर्फ
प्रथम पुरस्कार रु.५५,५५५ (पच्पन्न हजार पाँच सय पच्पन्न ) सहित कप, मेडल र प्रमाण-पत्र रहेकाे छ भने
द्वितिय पुरस्कार रु. ३३,३३३ (तेत्तीस हजार तीन सय तेत्तीस) सहित कप, मेडल र प्रमाण-पत्र रहेकाे छ । त्यस्तै तृतिय पुरस्कार रु. २२, २२२ ( बाइस हजार दुई सय बाइस)सहित कप, मेडल र प्रमाण-पत्र प्रदान गरिने छ ।

त्यस्तै महिला भलिबलतर्फ प्रथम पुरस्कार रु. २२, २२२ (बाइस हजार दुई सय बाइस) सहित कप, मेडल र प्रमाण-पत्र,
द्धितिय पुरस्कार रु.१५,५५५ (पन्ध्र हजार पाँच सय पच्पन्न) सहित कप, मेडल र प्रमाणपत्र र
तृतिय पुरस्कार रु.११,१११ (एघार हजार एक सय एघार) सहित कप, मेडल र प्रमाण-पत्र प्रदान गरिने खेल संयाेजक सुशील गाहामगरले बताएका छन् ।
त्यस्तै विधागत तर्फका पुरस्काररु उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकार, उत्कृष्ट बल्कर, उत्कृष्ट सेटर र उत्कृष्ट लिब्रोले पुरस्कार प्राप्त गर्नेछन्।

सांस्कृतिक तथा अन्य रमाईलो खेलतर्फ
रस्साकस्सीमा प्रथम पुरस्कार रु. १०,००० (दश हजार) सहित मेडल र प्रमाणपत्र,
सोलो बाईक रेस १०० मिटर पुरस्कार रु. ५,००० (पाँच हजार) सहित मेडल, प्रमाणपत्र, घैटोफोर पुरस्कार रु. ३००० (तीन हजार) सहित मेडल, प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

स्थानीय खेल र खेलाडीहरुकाेकाे प्रवर्द्धन, कलासंस्कृतिकाे संरक्षण तथा माैलिकताकाे विकास गर्ने उदेश्यले विगत दुई वर्षदेखि विविध कार्यक्रम गर्दै आइरहेको निर्मल केसीले बताएका छन् ।

खेलकुद एवम् विविध सांस्कृतिक कार्यक्रमकाे लागि टिम दर्ता १८ गतेसम्म रहेकाे र कार्यक्रमकाे उद्घाटन असाेज १९ गते हुने आयाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation