
झिमरूक गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिद्वारा पालिकामा आगजनीकाे प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार निजले आगजनीकाे प्रयास गर्नुभन्दा अघि फेसबुकमा एक स्टाटस पनि लेखेका छन् । मदिरा सेवन गरी लठ्ठिएका उनले ३ घण्टा अघि “अब गाउँ कार्यपालिकाकाे कार्यालय जल्याे । खातेहरुकाे हर्कत देखियाे । एकलाैटी तरिकाले कुनैपनि सम्बन्ध नरचियाेस्” भनेर पाेस्ट गरेका छन् ।
आगजनी गर्न खाेज्ने राेजगार संयाेजक सुदर्शक जि.सी
गाउँपालिकामा आगजनीकाे प्रयास गर्ने निजलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीले बताएका छन् । उनले ४५/५० हजार मासिक तलब बुझ्ने पालिकाकाे जिम्मेवार कर्मचारी नै आफू बस्ने घर जलाउन कस्सिएकाे विषय निकै गम्भीर भएकाले हदैसम्मकाे कारबाही हुनुपर्ने बताए । उनी साेही पालिकामा याेजना शाखा प्रमुखमा विगत ७ वर्षदेखि कार्यरत कर्मचारी हुन् ।