भगवानस्थान युवा क्लब कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

४ असोज, काठमाडौं

श्री भगवानस्थान युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी काठमान्डौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष उमेश बस्नेत र सचिव रोशन बस्नेतको सक्रिय पहलमा सञ्चालन गरिएको यस कार्यक्रममा क्लबका अन्य पदाधिकारी, सदस्य, स्थानीय बुद्धिजीवी, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब 28 जना भन्दा बढीले रगत दान गरी रक्तदानलाई जीवनदानको अभिप्रायलाई व्यवहारिकरूपमा उतारेका छन् । कार्यक्रमको प्रारम्भमा अध्यक्ष उमेश बस्नेतले रक्तदानलाई समाजसेवा र मानवताको उत्कृष्ट उदाहरण बताउँदै नियमित रूपमा यस्ता अभियान सञ्चालन गर्न क्लब प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, सचिव रोशन बस्नेतले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वास्थ्यकर्मीहरू तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै व्यापक रूपमा अभियान सञ्चालन गर्ने योजनाबारे जानकारी गराए ।

स्थानीयस्तरमै युवाहरूको पहलमा यस्ता सामाजिक र मानवसेवामूलक गतिविधिहरू हुनु सकारात्मक र प्रेरणादायी भएको स्थानीय बुद्धिजीवीहरूको प्रतिक्रिया थियो ।

रक्तदान कार्यक्रममा सहभागी दाताहरूलाई फलफूल र झुस बितरण गरिएको र स्वास्थ्यकर्मीहरूले आवश्यक स्वास्थ्य परीक्षण तथा परामर्श पनि प्रदान गरेका थिए ।

क्लबका पदाधिकारीहरूको भनाइअनुसार, भविष्यमा नियमित स्वास्थ्य शिविर, जागरण कार्यक्रम र विभिन्न सामाजिक अभियन्ता कार्यक्रमहरू पनि सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation