मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, पहिरो पन्छाउने क्रम जारी

८ असोज, काठमाडौँ

तुइन खोलामा भीषण सुख्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध छ। मंगलबार बेलुकी ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

बुधबार बिहानदेखि पहिरो पन्छाउन थालिए पनि दिनभर सडक खुल्ने सम्भावना कम रहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जनाकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनले यस समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रूपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।

पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दशैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation