सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

 

१० असोज, काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताए ।

‘सम्पत्ति छानबिन आयोग गठन गरेर सबै नेताको सम्पत्ति सार्वजनिक गरिनेछ’ प्रचण्डको भने ।

केन्द्रीय समितिको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव नै प्रस्तुत भएको थियो ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका थिए ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले निष्कर्षहरू प्रस्तुत गरेका थिए । जसमा एउटा बुँदामा माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव रहेको छ ।

जसमा भनिएको छ, ‘पार्टीका सबै नेताहरुको एकाघरको सम्पत्ति तथा पार्टीका सम्पत्ति छानबीनका लागि पूर्व महालेखा परीक्षक या स्वतन्त्र व्यक्तिहरुको सहभागितामा सम्पत्ति छानबीनको कार्यविधि तयार गरी आयोग गठन गर्ने ।’

जवाफमा प्रचण्डले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation