सप्तकोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ।

आइतबार बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो। शुक्रवार र शनिवार लगातार वर्षा भइरहेका कारण आइतबार बिहानदेखि  सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। आइतबारबाट कोशी प्रदेशमा मनसुन सक्रिय भएको छ। बिहानैबाट वर्षा जारी छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी प्रदेशमा सक्रिय रहेको मनसुन विस्तारै बाहिरिँदै गएको छ। सप्तकोशीमा आइतबार बेलुकैसम्म पानीको बहावले खतराको तह पार गर्ने विभागले बताएको छ। सुनकोशी, अरुण र तमोर नदीमा पनि पानीको सतह खतराको तह भन्दा माथि छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation