विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै

२१ असोज, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेकी छिन्। बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

बैठकले विपद्पछिको राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढीपहिरोका कारण क्षति भएका संरचनाको पुनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको  व्यवस्थालगायत विषयमा निर्णय गर्नेछ। प्राधिकरणका अनुसार विपद्जन्य घटनामा हालसम्म अनुसार अविरल वर्षासँगै बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु भएको छ। ६ जना बेपत्ता भएको र २८ जना घाइतेको उपचार भइरहेको छ।

अहिले पनि केही स्थानमा खोज उद्धार कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। बैठकमा अर्थमन्त्री, ऊर्जा, गृह, उद्योग, शिक्षा, कृषि र सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीलाई पनि बोलाइएको छ। परिषदमा प्रधानसेनापतिसहित विज्ञ सदस्य समेत सदस्य हुन्छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation