नेपकांग्रेसको महाधिवेशन नियमित समयमै हुने

२८ असोज, काठमाडौं 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका छन्।

जेन- जी आन्दोलनमा कुटिएर घाइते भएको एक महिनापछि पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक भएका देउवाले पार्टीको महाधिवेशन पनि नियमित समयमै हुने बताए।

‘मेरो स्वास्थ्यको कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रुपमा काम गर्नेगरी तोकेको छु । उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले भने, पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation