लगातार दोस्रोपटक टी-२० विश्वकपमा नेपाल

 

२९ असोज, काठमाडौं

नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ ।

ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको छ ।

सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान थियो । तर नेपालले सोचेअनुसार प्रदर्शन गर्न सकेन । पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमार्फत पुनरागमन गरेको थियो ।

यस पटक नेपाली टोली, नेपाल क्रिकेट संघ, समर्थक सबैमा नेपालले टी-२० विश्वकपमा स्थान बनाउने आत्मविश्वास सुरुदेखि ने थियो ।

अझ त्यसमा पनि दुई पटकको टी-२० विश्वकप विजेता टेष्ट राष्ट्र वेष्ट इन्डिज विरुद्ध ऐतिहासिक टी-२० सिरिज खेलेर नेपालले विश्वकप छनोटको तयारी गरेको थियो ।

यूएईको सारजहामा भएको वेष्ट इन्डिज विरुद्धको तीन खेलको टी-२०आई सिरिज २-१ ले जितेर नेपाल उच्च मनोबलका साथ ओमान पुगेको थियो । नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैको ध्यान तानेको थियो । छनोटमा पनि सबैको नजर नेपाली टिममा थियो ।

दुई खेलअघि नै विश्वकपमा

यसअघि टी२० विश्वकप छनोट संरचना केही परक थियो । एसिया र इएपीको टिम राखेर सँगै छनोट खेलाइएको थियो । जसमा एसियाबाट ६ र इएपीबाट ३ गरी ९ टिम सहभागी थिए । एसियाका ओमान रनेपालसँगै इएपीका पपुवा न्यु गिनीले अघिल्लो विश्वकप खेलेको आधारमा सिधै अन्तिम चरणको छनोट खेल्न पाएका थिए ।

बाँकी टिमहरु युएई, कतार, मलेसिया, कुवेतसँगै जापान र सामोह भने आफ्नो क्षेत्रमा सब रिजनल छनो६ खेलेर एसिया र इएपीको अन्तिम चरणको छनोटमा पुगेका थिए । यी ९ टोलीबाट शीर्ष ३ टिम विश्वकप पुग्ने प्रावधान थियो ।

९ टिमलाई ३-३ टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । सिंगल राउण्डको समूह चरणको खेलपछि सुपर सिक्स फर्म्याटमा खेलाइएको थियो ।

समूह चरणमा दुई खेल जितेर सुपर सिक्स पुगेको नेपालसँग २ अंक बोनस थियो । घरेलु टोली ओमान र युएई पनि समूह चरणमा अपराजित रहँदै २-२ अंक जोडेको थियो । सुपर सिक्समा सुरुवाती दुई खेलम युएई र कतारलाई हराएर नेपाल विश्वकप पुग्न बलियो अवस्थामा थियो ।

तेस्रो खेलमा ओमानसँग खेल्नुअघि आफु अनुकल नतिजा बउँदा नेपालले दुई खेल अगावै विश्वकपमा स्थान बनाएको हो । बुधबार कतारले जापानलाई तथा युएईले समाओलाई हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपको टिकट काट्न सफल भए । ३ खेलबाट नेपाल र ओमानको समान ६ अंक छ । नेटरनेटका आधारमा ओमान अघि छ ।

अब युएई र जापान मध्ये एक टिमको मात्र ६ अंक पुग्नेछ । त्यसैले नेपाललाई कुनै फरक पर्दैन । अब नेपाल र ओमानबीचको खेलको नतिजाले एक टिमको अपराजित यात्रा भने टुङ्गिनेछ । जित्ने टिम भने छनोटको च्याम्पियन बन्ने यात्रामा अघि बढ्नेछ ।

ओमानमा फेरिएको भाग्य

यसअघि ओमानमा खेल्दा नेपाललाई भाग्यले साथ दिएको थिएन । टी-२० विश्वकप छनोट देखि अन्य प्रतियोगिता सिरिजमा पनि नेपाल बारम्बार असफल भएको थियो ।

सन् २०२२ मा टी२० विश्वकप छनोट खेल्दा सेमिफाइनलमा युए२सँग पराजित भएपछि छनोट हुन सकेको थिएन । यस्तै एसीसी प्रिमियर कपमा पनि सेमिफाइनलमै पराजित हुँदा एसिया कप पुग्न सकेन ।

यस पटक भने नेपाललाई सुरुवात देखि नै भाग्यले साथ दियो । नेपाली खेलाडी र टिमको मिहिनेत अनि त्यसमा थपिएको आत्मविश्वासमा भाग्यले पनि राम्रो साथ दियो । मिहिनेत गर्नेलाई मात्र भाग्यले साथ दिन्छ भन्ने भनाई नेपालमा लागु भयो ।

जित हारको अन्तर कम भएपनि विश्वकपको यात्रा भने नजिक बनाउँदै लग्यो । नेपाली टिमको मिहिनेत र तयारीमा भाग्यले पनि साथ दियो ।

यूएईमाथि पहिलो जित

नेपालले यस पटक धेरै खेलमा निके नजिक पुगेर नतिजा निकाल्यो । त्यसमध्ये युएई विरुद्धको १ रनको जित सबेभन्दा रोमाञ्चक र थ्रिलिङ रह्यो ।

नेपालले १४० रन डिफेण्ड गर्दा अन्तिम ओभरको अन्तिम तीन बलमा लगातार ३ विकेट लिएको थियो । दीपेन्द्र नायक बनेका थिए ।

नेपालले ओमानी भुमिमा युएईलाई अहिलेसम्म टी२० आईमा हराउन सकेको थिएन । तीन खेलमा तीनवटैमा पराजित भएको थियो ।

२०२२ को विश्वाप छनोट र एसीसी प्रिमियर कपमा युएईसँग नै सेमिफाइनलमा पराजित हुँदा नेपालको यात्रा रोकिएको थियो ।

यसपटक नेपालले युएईलाई पनि पहिलो पटक ओमानमा हरायो । विश्वकप छनोटको सुपर सिक्समा युएईलाई हराएर नेपालले जितविहीन शृंखला टुङ्ग्यायो ।

टी२०आईमा नेपाल युएईमाथि हेड टु हेडमा पनि अघि रहेको छ । यी दुई टिमबीच भएको ११ टी२० आई खेलमा नेपालले ६ खेल जित्दा युएईले ५ जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation