दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप : उपाधिका लागि नेपाल र भारत भिड्दै

७ मंसिर, काठमाडौं

नेपालले पहिलो दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपको उपाकिा लागि आज भारतसँग खेल्दैछ।

फाइनल खेल बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ। श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो।

दृष्टिविहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation