दाङमा नेकपाको एकता सन्देश सभा सुरु !

 

१३ मंसिर, काठमाडौं

दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ ।

शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले शनिबार दाङको देउखुरीमा लुम्बनी प्रदेशस्तरीय सभा आयोजना गरेको हो ।

एकता सन्देश सभालाई नेकपाका संयोजक पुष्पकमल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा वामदेव गौतम, भीम रावल, वर्षमान पुन लगायतका नेताहरू पनि पुगेका छन् ।

१९ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा गरिएको थियो ।

पार्टी एकीकरणको सन्देश दिन भन्दै नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारदेखि प्रदेशस्तरीय एकता सन्देशसभा गर्न थालेको छ ।

सातै प्रदेशका ठूला शहरमा एकता सन्देश सभा गर्ने तयारी गरेको नेकपाले भोलि गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।

यसैगरी १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्देशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation