चुनाब निर्धारित मितिमै हुन्छ, शंका गर्नुपर्दैन: कुलमान घिसिङ   

१५ मंसिर, मोरङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यसमा कुनै शंका गर्नु नपर्ने बताएका छन् ।

बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण बनाउनु रहेको बताए ।

‘हामीसँग बजेटको समस्या छैन, चुनाव गराउन कुनै आर्थिक संकट छैन । यो सरकारको मुख्य भूमिका नै २१ फागुनको चुनाव सम्पन्न गरेर देशलाई स्थायित्व दिनु हो,’ उनले भने ।

राष्ट्र निर्माणको वास्तविक आधार मानिसको सोच, चरित्र र क्षमता भएको उनको धारणा थियो ।

उनले राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै भने, ‘सही समयमा सही व्यक्ति प्रधानमन्त्री नभएसम्म देश चल्दैन, ७५ वर्षको अनुभवले देखायो राजनीतिक परिवर्तनले मात्र देश बन्दैन रहेछ ।

उनले अगामी निर्वाचन ठूलो अवसर भएकाले जनताले सही नेतृत्व छान्न आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation