एनपीएल: आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

१७ मंसिर, काठमाडौँ

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । खेल  अपराह्न ४ः०० बजे  शुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अङ्क जोडेको छ। रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा २ अंकमात्र बनाएको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई बुधबारको खेल जित्नुपर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation