प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

१९ मंसिर, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बस्दैछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे सिंहदरबारमा बस्नेगरी उनले सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि डाकेकी छिन्।

आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावालासँग निरन्तर छदफल गर्दै आएको छ।

आयोगले पनि प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation