सत्ता जोगाउन १० बुँदे सम्झौताको नाटक मञ्चन गरियो : जेन–जी अगुवा हमाल

२५ मंसिर, काठमाडौँ

जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरूको भावना विपरीत सम्झौताको नाटक गरेको आरोप लगाएका छन्।

असन्तुष्ट समूहले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाइज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन्।

जेन–जी अगुवा रविकिरण हमालले बुधवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल समूहले सम्झौताको नाटक मञ्चन मात्रै गरेको टीप्पणी गरे।

भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताको आह्वानमा भएको विद्रोहलाई अपरहण गरेर, सत्ता ‘कु’ गरेर उनीहरुले नवपुस्तामाथि धोका दिएको उनको आरोप छ।

उनीहरुले आफ्नो सत्ता जोगाउनको लागि युवामाथि घात हुने १० बुँदेको सम्झौताको नाटक गरेको र त्यसलाई परास्त गर्न आफूहरू लाग्ने बताए।

उनले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र वर्तमान प्रधामन्त्री कार्की र गृहमन्त्री अर्याल सबैले युवाहरीको भावनामाथि खेलवाड गरेको आरोप लगाए।

आगामी दिनमा बन्ने सरकारले युवाहरूको भावनामा खेलवाड गर्ने सबैलाई कारबाही गर्ने उनको दावी छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation