२७ मंसिर, काठमाडौँ
एसीसी पुरुष यू-१९ एसिया कपमा शनिबार नेपालले श्रीलङ्कासँग खेल्दैछ। खेल द सेभेन्स रंगशाला, दुबईमा बिहान १०ः४५ बजे शुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ।
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ। यही मङ्सिर २६ गते शुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। उपाधि भिडन्त पुस ६ गते हुनेछ।














