देशलाई अलमल्याउनका लागि मात्रै चुनावकाे कुरा गरिँदैछ: ओली

२७ मंसिर, काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्। शनिबारदेखि सुरु भएकाे पार्टीको ११औं महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत आफ्नो पार्टीको रहेको दाबीसमेत ओलीकाे छ। उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको पार्टी चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।’

तर ओलीले अहिले चुनाव हुँदैछ भनेर देशलाई अल्मल्याउन खाेजिएकाे जिकिर गरे । उनले साेही कुरा बुझेर आफूहरूले संसद पुनर्स्थापनाकाे माग राखेकाे बताए।

‘…तर अहिले चुनाव हुँदै छ र ? होइन चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि’, उनले भने, ‘त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation