एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने !

२८ मंसिर, काठमाडौँ

नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको  छ।

आइतवार बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए।

उनका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसात गर्दै अगाडि जाने निर्णय गरेको बताए।

उनले भने, ‘१० औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसात गर्दै जाने र पाँचजना उपाध्यक्ष मात्रै राखेका छौँ। वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन। पदाधिकारीसहितको बारेमा निर्णय गरेर हामी महाधिवेशनस्थल जाँदै छौं।’

उनले महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजे शुरु हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation