कांग्रेस नेता उपाध्यायको निधन

२९ मंसिर, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो ।

मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौँमा बस्दै आएका थिए।

उपाध्याय तत्कालीन मोरङ क्षेत्र नम्बर १ (हाल २) बाट दुई पटक निर्वाचित भएका थिए। २०५६ सालको उपनिर्वाचनमा चुनाव जितेका उनी शिक्षामन्त्री पनि भएका थिए।

२०५६ सालमा गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरीबाट चुनाव जितेका थिए। मोरङको क्षेत्र नम्बर १ छाडेपछि उपनिर्वाचनमा उपाध्याय विजयी भएका थिए।
उपाध्यायले पहिलो संविधानसभा निर्वाचित पनि जितेका थिए।

भारतबाट राजनीतिशास्त्रका स्नातक गरेका उपाध्याय शालीन बौद्धिक नेताका रूपमा परिचित थिए। उनी कोइरालाका विश्वासपात्र मानिन्थे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation