मेरो उम्मेदवारी स्वाभाविक र पार्टीलाई थप राम्रो गर्न हो : ईश्वर पोखरेल

२९ मंसिर, काठमाडौं

नेकपा एमालेकाे भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताएका छन्। उनले आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पनि बताए।

‘आन्तरिक प्रतिस्पर्धाको कुरा स्वभाविक हो। हिजो भूमिगत हुँदा पनि आन्तरिक प्रतिस्पर्धा हुन्थ्यो, महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग उनले भने, ‘अर्को कुरा मेरो उम्मेदवारी किन भन्दा थप राम्रो गर्नका लागि हो।’

पोखरेलले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्ने पक्षमा उभिन आह्वान पनि गरे। उनले भने, ‘म आमकार्यकर्ता र विशेषगरी प्रतिनिधि भएर आउनुभएका साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने पार्टीलाई पुनर्गठित गर्न आवश्यक छ। विचारमा पुनर्व्यवस्थित, संगठनमा पुर्व्यवस्थित, नेतृत्वमा पुनर्व्यवस्थित र कार्यशैलीमा पुनर्व्यवस्थित गर्नुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation