एमालेमा पक्ष-विपक्ष छैन: कृष्णगोपाल श्रेष्ठ

२ पुस, काठमाडौं

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्।

बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए। उनले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने बताए।

उनले देश बनाउन राजनीतिक दलहरू रहनुपर्ने बताए। नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताए। कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताए।

नेता श्रेष्ठले ईश्वर पोखरेल, नेकपा मालेदेखि एमाले बनाउने आर्किटेक्ट भएको बताए। कार्यकर्ताले गरेको फैसलाअनुसार नेतृत्व चयन हुने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation