श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराजलाई गर्‍याे निलम्बन

२ पुस, काठमाडौं

श्रम संस्कृति पार्टीले उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा पक्राउ परेपछि पार्टीको उपाध्यक्ष पदबाट उनलाई निलम्बन गरेको पार्टी अध्यक्ष हर्क साम्पाङले जानकारी दिए।

सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ना खातिर अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट उनलाई निलम्बन गरिएको उनले जानकारी दिए।

जानकारी पत्रमा भनिएको छ,‘राज कुमार तामाङ (देवराज लामा)लाई धेरै वर्ष पहिलेको राजनीतिक गतिविधिका कारण देखाएर हिजो २०८२(९(१ गते प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भए पछि सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दवाव नपरोस् भन्ना खातिर अनुसन्धानको अन्तिम टुङ्गो नलागुन्जेल सम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको ब्यहोरा सबैलाई जानकारी गराउँदछु।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation