४ पुस, काठमाडौं
अमेरिकामा भएको विमान दुर्घटनामा पूर्व नास्कर चालक र उनको परिवारसहित सातजनाको मृत्यु भएको छ।
नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा भएको जेट दुर्घटनामा दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलसहित सात जनाको ज्यान गएको हो । स्थानीय समय अनुसारी राति पौने ११ बजे सेस्ना ५५० व्यवसायिक जेट दुर्घटनापछि भीषण आगलागी भएको अलजजिराले जनाएको छ।
विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा दुर्घटना भएको हो । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र रनवेमा रहेको भग्नावशेष हटाएपछि मात्रै पुनः सञ्चालन हुनेअधिकारीहरूले जनाएका छन्।















