रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।

उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका उनी कालोसूचीमा रहेको देखिएपछि उम्मेदवारी खारेज गरिएको हो । उनी २०८० वैशाख १७ गतेदेखि कालोसूचीमा रहेको खुलेको छ ।

उनी रास्वपाका तर्फबाट धनुषा-१ मा उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation