काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला, घटनाबारे अनुसन्धान जारी

४ साउन, काठमाडौं

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।

नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation