देशको प्रधानमन्त्री भएर गोरु जसरी जोतिन मन छ : विप्लव

५ पुस, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्न चाहना रहेको बताएका छन्।

काठमाडौँमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए। तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए।

सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको उनको भनाइ छ।

प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनका लागि आवश्यक रकम नभएका कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे।

उनले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए।

सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाइ। उनले जेनजीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation