नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो ।
पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ ।
पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह गर्दै नाउपा, नेपाल गठन गरी निर्वाचन आयोगमा दर्ता गराइसक्नुभएको छ । यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।















