आज मुख्य दलहरूका कार्यालयमा जाँदै यी मन्त्रीहरु

८ पुस, काठमाडौं

राजनीतिक दलहरूसँग संवाद गर्नका लागि सरकारद्वारा गठित राजनीतिक संवाद समितिले आज मुख्य दलहरूका कार्यालयहरूमै गएर छलफल गर्ने भएको छ।

सरकारले कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति बनाएको थियो।

दलहरूसँगको संवादको सहजीकरणका लागि सरकारले मन्त्रीहरू सम्मिलित समिति नै बनाएर संवाद गर्न लागेको हो।

समिति मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिस डाँडा जाने तय भएको संवाद समितिका सदस्य अजयभद्र खनालले बनाए।।

तीनै दलका कार्यालयहरू जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation