साक्षर बन्यो लुम्बिनी प्रदेश, औपचारिक घोषणा १३ पुसमा

९ पुस, काठमाडौं

सिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ ।

दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा गर्ने जानकारी दिए ।

लुम्बिनी प्रदेशमा पर्ने सबै १२ वटै जिल्ला साक्षर भएकाले सिंगो लुम्बिनी प्रदेशलाई नै ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको उनले बताए ।

उनका अनुसार अनुसार दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके र कपिलवस्तु जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा बढी छ । साक्षरता दर उच्च भएका पालिकाहरुमा रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा तथा पाल्पाको तानसेन नगरपालिका छन् ।

एसईई परीक्षाको नतिजामा पनि सुधार देखिएको मन्त्री तिमिल्सिनाले बताए । उनका अनुसार शैक्षिक सत्र २०८० मा ३८.६५ प्रतिशत उत्तीर्ण दर रहेकोमा २०८१ मा ६२.०६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation