विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ: देउवा

१५ पुस, काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन् ।

मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू भने १५ औं महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए । ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’

देउवाले १५औं महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरुलाई प्रोत्साहन मात्र गर्ने बताए ।

विशेष महाधिवेशन भने नहुने उनले बताए । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation