पुलिस र एपिएफ एनभिएको सेमिफाइनलमा !

 

१६ पुस, काठमाडौं
साविक  विजेता नेपाल पुलिस क्लब  एपिएफ क्लबलाई हराएर नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा पुलिसले एपिएफलाई ३–२ ले हराएर महिला भलिबलको अन्तिम चारमा पुगेको हो । पुलिसले लगातार दोस्रो खेलमा जित हात पारेको हो । समूह ‘बी’ मा एक खेल गुमाए पनि अघिल्लो दुई खेल जितेको एपिएफ पनि अन्तिम चारमा पुगेको छ।

सुरुवातका दुवै सेटमा २५–२१, २५–१५ ले जितेको पुलिसले तेस्रो र चौथो सेटमा २२–२५, २१– २५ ले गुमाएको थियो । यद्यपि पाँचौँ तथा निर्णायक सेटमा १५–९ ले जित्दै पुलिसले खेल आफ्नो पक्षमा पार्‍यो।

अर्को खेलमा टिप टप न्यु डायमन्ड स्पोटर््स क्लबले एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्‍यो। न्यु डायमन्डले २५–२१, २५–१५, २५–१४ ले जित प्राप्त गरेको हो। यसै गरी खिलजी युवा क्लब ढोरपाटन स्पोटर््स क्लबलाई २५–१५, २५–१९, २५–२३ ले हराएर नवौँ एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा पुगेको छ।

खिलजीले पहिलो जितसँगै अन्तिम आठमा स्थान पक्का गरेको हो । पुरुष वर्गमा दुवै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा पुगिसकेको छ।

खिलजीले त्रिभुवन आर्मी क्लबसँग क्वाटरफाइनलमा खेल्ने छ । आर्मी समूह ‘डी’ विजेता हो । एपिएफ क्लबले पनि मणिमकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले अन्तिम आठको यात्रा तय गरेको छ।

समूह ‘ए’ को अन्तिम खेलमा एपिएफले मणिमकुन्दलाई २५–१०, २५–१६, २९–२७ ले हरायो । एपिएफ समूह उपविजेताका रूपमा  नकआउट चरणमा पुगेको हो। यस समूहमा टिप टप हेल्प नेपाल स्पोटर््स क्लब समूह विजेताको हैसियतमा अन्तिम आठमा पुग्यो।

हेल्प नेपालले एपिएफ र मणिमकुन्द दुवै टिमलाई हराएको थियो । एपिएफले क्वाटरफाइनलमा समूह ‘सी’ को विजेता रुकुमपश्चिम भलिबल क्लबको सामना गर्ने छ । रुकुम भलिबल क्लबले बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल क्लबलाई हराएर समूह विजेताको हैसियत बनाएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation