प्रचण्डको प्रश्न- नयाँ संकल्प गर्ने कि इतिहासको मञ्चबाट पन्छिने ?

१६ पुस, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन ।

उनले भने, ‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्व, समाजका सबै स्थापित संघसंस्था र प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्‍यो भने अर्को तिर नयाँ संकल्पन गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि त्यसले प्रश्न चिह्न खडा गरिदियो ।’

सबैले आ-आफ्नो कमजोरी कहाँनेर भयो, त्यसालाई कसरी सच्याउने ? भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।

जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्ने वा इतिहासमा अब आफ्नो औचित्य सकियो भनेर पन्छिने बेला आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation