ट्रम्पको दाबी- भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्‍यौं

१९ पुस, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् ।

ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।

भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् ।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरेको छ । मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’

राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation