२० पुस काठमाडौं
काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दुतावास अगाडि
भेनेजुएलामा भएको मादुराेकाे गैरन्यायिक अपहरण विरुद्ध संयुक्त रुपमा विद्यार्थी संगठनले विराेध प्रदर्शन गरेका छन् ।
अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हमलाविरुद्ध काठमाडौंको अमेरिकी दूतावास अगाडि विद्यार्थी समूहले प्रदर्शन गरेका हुन् ।
अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि भेनेजुएलामा संकटकाल घोषणा गरिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने घोषणा गरेपनि त्यहाँको सर्वाेच्च अदालतले मादुराे सरकारकै उपराष्टपतिलाई अन्तरिम राष्ट्रपतिकाे जिम्मेवारी दिइसकेकाे छ । हमलाबाट मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।
प्रदर्शनमा नेत्रविक्रम चन्द नेतृत्वको अखिल समाजवादी, कञ्चन नेतृत्वकाे अखिल (क्रान्तिकारी) तथा वैज्ञानिक समाजवादी पार्टीका विद्यार्थीहरुले नाराजुलुससहित विराेधसभा गरेका हुन् । प्रदर्शनमा आएकामध्ये केही विद्यार्थीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।
अमेरिकाले भेनेजुएलामा शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।














