गगन थापा भन्छन्रु – विष पिउँछु, पार्टी फुट्न दिन्नँ

 

२३ पुस, काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ ।

कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ उनले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विषय पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’

थापाले जेनजी आन्दोलनपछिको अवस्थामा नौजवानहरूले नेपाली कांग्रेसमाथि प्रशस्तै प्रश्न उठाइरहेको तर, तिनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation