२६ पौष, प्युठान
प्युठानको नौबहिनी गाउँपालिका ३ झिम्पस्थित बराह माविले ४५ औँ स्थापना दिवस तथा अभिभावक भेला भव्य समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकबहादुर पुनबाट विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनीतिका बारेमा प्रतिवेदन पेस गरिएको थियाे । कार्यक्रममा विद्यालयलाई नगद तथा जिन्सी प्रदान गर्ने भारतीय आर्मीमा कार्यरत लिलबहादुर पुन, चित्रबहादुर पुन र शसस्त्र प्रहरीमा कार्यरत सन्तबहादुर पुन लगायतका चन्ददाताहरूलाई सम्मान गरिएको थियाे भने उत्कृष्ट नतिजा निकाल्न सफल विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको हाे ।
कार्यक्रममा शेैक्षिक सत्र २०८१ मा उत्कृष्ट हुने तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान लिने सम्पूर्ण विद्यार्थीलाई पनि पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा साेही विद्यालयका पूर्व शिक्षक तथा लेखापालसमेत रहेका र हाल साइन रेसुङ्गा बैंकमा कार्यरत साेही पालिका वडा नम्बर ६ बाहाने निवासी नवीन केसीले रु २० हजार २२२ रुपैयाँको अक्षयकोष खडा गरेका छन् ।
हालसम्म पुस्तकालय, कम्प्युटर ल्याव नपुगेकाे साे विद्यालयमा ३५० बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । भाैतिक पूर्वाधारसमेतकाे व्यापक अभाव रहेकाे साे विद्यालयमा शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासकाे निम्ति पालिकाले यथाेचित पहल नगरेकाे अभिभावककाे गुनासो रहेकाे छ । विज्ञान तथा गणित विषयकाे प्रयाेगशाला नहुँदा विद्यार्थीलाई पठनपाठनमा निकै समस्या भइरहेकाे विद्यालय परिवारले जनाएको छ । विद्यालयमा हालसम्म व्यवस्थित पुस्तकालय नहुँदा पुस्तकहरु यत्रतत्र राख्न बाध्य भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बाेल्दै शिक्षा प्रमुख मेघराज बाेहाेराले आगामी शैक्षिक सत्रबाट आइसिटी कार्यक्रम दिने प्रतिबद्धता जनाएका छन् । विद्यालयलाई निरन्तर ओझेलमा पारिएको, गतवर्ष नेरा मावि डाम्री प्रथम हुँदा सुरुवातमै पुरस्कार वितरण गरिएको भएपनि शैक्षिक सत्र २०८१ काे एसइईमा बराह मावि पहिलो भएपनि अहिलेसम्म पालिकाबाट प्रदान गरिने पुरस्कार वितरण नगरिएकाेले राजनीतिक पक्षपातकाे झल्काे देखिएकाे विद्यालयका प्रअले बताएका छन् ।
बेला माैकामा विद्यालयमा हुनेगरेका पक्षपातका सवालमा अभिभावक तथा विद्यालय प्रशासन बाेल्न खाेज्दा पालिका अध्यक्षबाटै हप्काइदप्काई र गालीगलाेच सुन्नुपरेकाे उनले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष एवम् शताब्दी पुरुष बेगमबहादुर पुनको विशिष्ट आतिथ्यता र पालिका अध्यक्ष डिलबहादुर थापाकाे प्रमुख आथित्यतामा ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको विद्यालयका प्रधानाध्यापकले बताएका छन् ।
कार्यक्रममा नौबहिनी गाउँपालिका शिक्षा शाखा प्रमुख मेघराज बोहरा तीन नम्बर वडा अध्यक्ष दिलबहादुर केसी लगायतका आतिथ्यतामा भएको हाे । वार्षिकोत्सब कार्यक्रमकाे सहजीकरण शिक्षक अमृत बहादुर खत्रीले गरेका थिए ।














