वार्षिकाेत्सवको पूर्वसन्ध्यामा माउन्टभिउले गर्यो निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

२७ पुस, दाङ

दाङको घोराहीमा रहेको माउन्ट भ्यु बोर्डिङ स्कुलले स्थापनाको ४२ औँ वार्षिक उत्सवकाे पूर्वसन्ध्यामा निशुल्क आँखा चेक-जाँच सम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार संयुक्त रुपमा स्वास्थ्य शिविर र रक्तदान गरिएको हाे । कार्यक्रममा रक्तदान तर्फ कुल ४९ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले गरेको थियो । स्कुलको वार्षिक उत्सवकै अवसरमा आँखा चेकजाँचको कार्यक्रम अन्तरगत ६६५ जना विद्यार्थी र ३११ जना अभिभावकको आँखा चेकजाँच गरिएको विद्यालयले जनाएको छ । सो आँखा चेकजाँच कार्यक्रमको प्राविधिक सहयोग राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरले गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पोख्रेलले जानकारी दिएका छन् ।
आफ्नो विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रममा अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक स्टाफ तथा आम अभिभावकहरूलाई लाभ होस् भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको तथा कसैको पनि रक्त अभावमा जोखिममा परेको ज्यान नजाओस् भन्ने पवित्र उद्देश्यले रक्तदान कार्यक्रम गरिएको विद्यालयका अध्यक्ष अरुणकुमार शर्माले बताएका छन् ।

विद्यालयले यही पाैस २९ गते मनाउने वार्षिक उत्सवको पूर्वसन्ध्यामा शनिबार निःशूल्क स्वास्थ्य शिविर अन्तरगत आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम गरिसकिएकाे छ भने विविध खेलकुद उत्सवहरु चलिरहेकाे विद्यालयका प्रधानाध्यापक कृष्ण पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation