२८ पुस, प्युठान
मल्लरानी गाउँपालिका वडा नं. ५ निवासी हाल घोराही उपमहानगरपालिका वडा नं. १७ मा बसोबास गर्दै आएका स्वर्गीय जितबहादुर कसेराका नाती तथा स्वर्गीय एकबहादुर कसेराका छोरा सन्तोषकुमार रसालीले आफ्नो बाबु स्वर्गीय एकबहादुर कसेराको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
रसाइलीले भुमिश्वरी आधारभूत विद्यालय, कुमिकोटमा अक्षयकोष स्थापना गर्ने उद्देश्यले रु.२ लाख ५ हजार ५२५ जम्मा गरी सो कोषबाट प्राप्त हुने लाभांश विपन्न, जेहनदार तथा असहाय विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गर्ने गरि आइतबार चेक हस्तान्तरण गरेका हुन् ।
रसालीले उक्त चेक भुमीस्वरी विद्यालयका प्रधानाध्यापक दामोदर आचार्यलाई हस्तान्तरण गरेका हुन् । उक्त चेक हस्तान्तरण कार्यक्रममा मल्लरानी-५ का वडाध्यक्ष विद्यालय परिवार तथा सरोकारवालाहरुको उपस्तिथि रहेको विद्यालयका प्रधानाध्यापक दामोदर आचार्यले जानकारी दिए । साथै रसाइलीले वर्षवर्षमा कोषलाई थप रकम थप्दै अक्षयकोषलाई बढाउने प्रतिबद्धता पनि गरेको उनले बताए।
वडाध्यक्ष थापाले भने- शिक्षाप्रेमी, समाजसेवी तथा प्रेरणादायी योगदानका लागि सन्तोष कुमार रसाली प्रति मल्लरानी गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष तथा समग्र वाडावासीको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।














