नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

२९ पुस, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation