प्युठानमा बोलेरोको ठक्करबाट दुई जना पैदल यात्री गम्भीर घाइते

१ माघ, प्युठान

प्युठानमा बोलेरोको ठक्करबाट दुई जना पैदल यात्री घाइते भएका छन् ।

जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ३ अर्खा देखी गुल्मि तर्फ जादै गरेको लु १ ज ४८५७ नंम्बरको डबल क्याप बोलेरो गाडिले आज बिहान पैदल यात्रिलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेहरुमा गौमुखी गाउँपालिका- ४ पुजाकी अन्दाजी ३० वर्षीय कमला के.सि. र सोही ठाउँकी अन्दाजी २८ वर्षीय माया सुनार रहेका छन् । घाइते दुबै जनाको कम्मरमा गम्भीर चोट लागेको छ र उनिहरुको उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाईएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको सुचना अधिकारी भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation