संयुक्त Gen Z आन्दोलन र नेकपा (माओवादी)बीच ४ बुँदे सहमति !

 

 

१ माघ, काठमाडौं

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

बिहीबार विप्लव र ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

यस्तो छ ४ बुँदे सहमति

-सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने

-जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

-आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने

-भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने

ढुंगाना नेतृत्वको जेनजी समूहले आज माइतीघरमा प्रदर्शन पनि गरेको थियो । सोक्रममा ढुंगानाले जेनजी विद्रोहबाट अर्थहीन निर्वाचनमात्रै पाएको टिप्पणी गरे ।

अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको उनको भनाइ थियो ।

‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ,’ उनले भने, ‘व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation