नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पक्राउ

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार दिउँसो उनलाई काठमाडौंको टेबहालबाट पक्राउ गरेको हो।

सो पार्टीले निर्वाचनलाई बहिष्कार गरी निर्वाचनविरोधी गतिविधि बढाएपछि प्रहरीले पक्राउ गरेको हो। सो पार्टीका अन्य नेताहरू पनि निगरानीमा रहेको प्रहरी स्रोत बताउँछ।

त्यस्तै, दुर्गा प्रसाईंनिकट एसपी साहलाई पनि प्रहरीले मंगलबार पक्राउ गरेको छ। उनी पनि निर्वाचन बिथोल्ने गतिविधिमा लागेको आरोप लागेको छ।

निर्वाचनविरोधी गतिविधिमै लागेको आरोपमा सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले म्याद लिएको छ।

निर्वाचनविरोधी गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ।

२१ फागुनमा हुने निर्वाचनलाई शान्तिपूर्वक रूपमा सम्पन्न गर्न चुनावविरोधी गतिविधिमा संलग्नमाथि कारबाही थालिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation