दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा ३ जना घाइते

६ फागुन, दाङ

दाङ घाेराही १५ को दिपशिखा राेडमा दुई माेटरसाइकल एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने १ काे अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा घाेराही १५ का ५३ वर्षका सुदन शर्मा , घाेराही १५ कै २० वर्षका राजन अधिकारी र घाेराही १७ का ४२ वर्षका विकाश बस्नेत रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घाेराहीमा उपचार भैरहेको छ ।

तिव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation